पूर्व सिक्किमको मध्य पाण्डामको भुरूङमा श्रीमती नरमाया दङ्गाल र महादेवप्रसाद दङ्गालको कान्छो छोरोको रूपमा जन्मिए पछि गाउँकै साजोङ स्कूलबाट प्राथमिक शिक्षा ग्रहण। मध्य पाण्डाम स्कूलबाट 12 औं श्रेणी उतीर्ण गरेपछि सिक्किम सरकारी कलेज गान्तोकबाट सम्मानसहित स्नातक पछि उत्तर बङ्ग विश्वविद्यालयबाट स्नातकोत्तर । 2000 देखि पत्रकारिताको पेशामा संलग्न। हाल गान्तोकबाट प्रकाशित समय दैनिकमा सम्पादकको रूपमा कार्यरत। हालसम्म विभिन्न पत्र-पत्रिकामा कथा, निबन्ध, लेख तथा समालोचना प्रकाशित तथा दुइ पुस्तक 1. आर्तव खण्डकाव्य, 2. लक्ष्यतिर उपन्यास प्रकाशित र 3. भाषा साहित्य (समालोचना)।
सिक्किमका पूर्व मुख्यमन्त्री श्री बीबी गुरुङको बाहुलीबाट गान्तोकमा विश्व कविता दिवसको अवसरमा आयोजित राष्ट्रिय सम्मेलनमा स्मृति चिन्ह ग्रहण गर्दै, साथमा पद्यश्री सम्मानले सम्मानित साहित्यकार श्री सानु लामा (देब्रे)।
No comments:
Post a Comment